काठमाडौँ- दसैँको अवसर पारेर डिसहोम फाइबरनेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्ष सेवा लिन पाउने भएका छन्।
घटस्थापनाको अवसर पारेर डिसहोम फाइबरनेटले आफ्ना ग्राहकहरुका लागि उक्त अफर ल्याएको हो।
अफरअन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएस देखि ३ सय एमबीपीएससम्मका प्याकेजहरु जडान गर्न सक्नेछन्।
यसमा ग्राहकले ५० एमबीपीएसदेखि २५० एमबीपीएससम्म फाईभ–जी राउटर पाउनेछन् भने ३ सय एमबीपीएसको प्याकेज लिने ग्राहकले वाईफाई–६ राउटर पाउने कम्पनीले जानकारी दिएको छ।
अफरसम्बन्धी थप जानकारीको लागि डिएच फाइबरनेट डिलर दाई वा ०१–५९७०३६५ मा फोन गर्न सकिने कम्पनीले जानकारी दिएको छ। यो अफर अफर घटस्थापना (असोज २८) देखि पूर्णिमा (कात्तिक ११) सम्म मात्र लागू हुने कम्पनीले जनाएको छ।
यसअघि उक्त कम्पनीले एसिया कपमा नेपाल र भारतको खेलको खुसीयालीमा आफ्ना पुराना ग्राहकहरुका लागि १२ महिनाको रिचार्ज गर्दा अतिरिक्त १२ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको थियो।


