काठमाडौं- क्यामियो इन्टरनेसनल प्रालिले ‘क्यामियो फायर १०० इयरबड्स’ नेपाली ग्याजेट्स बजारमा भित्रिएको छ। युवा प्रयोगकर्तालाई मध्यनजर राखी ४० घन्टा प्लेटाईम र ३० दिन स्ट्याण्डबाईसहित यो इयरबड्स बजारमा ल्याएको हो।
कम्पनीका अनुसार, स्टेरियो एचडी साउन्ड क्वालिटी साथैएआई–इएनसी रहेको इयर बडले स्वतः९० प्रतिशत न्वाइज कन्ट्रोल गर्न सक्षम रहेको छ। यसैगरी यस इयरबड्सको विशेषता भनेको ३० दिनको स्ट्याण्डबाई सुविधा हो,जस्ले गर्दा दसैंमा घुमघाम गर्न जाँदा चार्जिङ्गको चिन्ता नहुने कम्पनीका प्रतिनिधि बताउँछन।
इयरबड्स स्वीट एण्ड डस्ट रेसिस्टेन्ट भएकाले पसिना र धुलोले नबिगार्ने कम्पनीको भनाइ छ । सजिलै स्मार्ट फोन सँग कनेक्ट गर्नका लागी क्यामि यो फायर १०० मा भ्वाइस असि स्टेन्ट सर्पोटका साथ ब्लूटुथभर्सन ५.३ रहेको छ।
५० एमएएचको ब्याट्री पावर र चार्जिङ बक्समा ४०० एमएएचको ब्याट्री प्याक रहेको यस इयरबड्सलाई १ घण्टामा नै फुल चार्ज गर्न सकिनेछ ।क्यामियो फायर १०० इयरबड्स यही अक्टोबर ११ बाट बजारमा उपलब्ध भएको छ।
क्यामियो इन्टरनेशनलका प्रवक्ता उपेन्द्र साहले आधिकारिक विज्ञप्तिमा भने, ‘हामीले यात्रुहरू, सङ्गीतप्रेमीहरू र युवाहरूको आवश्यकताको गहिरो बुझाइका साथ यो उत्पादन ल्याएका हौं। ४० घण्टाको रनटाइम र ३० दिनको स्ट्यान्डबाइ टाइममा प्रयोगकर्ताहरू ननस्टप मनोरन्जनको मज्जा लिन सक्नेछन । यसका अतिरिक्त, भ्वाइस असिस्टेन्ट र ब्लुटुथ संस्करण ५.३ को समावेशले प्रयोगकर्ताको अनुभव बढाउँछ।
क्यामियो फायर १०० इयरबड्सको लागि निम्न विशेषता छनः
संस्करण ५.३ वायरलेस
स्पिकरः १३ एमएम ३२Ω
ब्याट्री क्षमताः ५० एमएएच इयरबड्स, ४०० एमएएच चार्जिङ बक्स
चार्ज गर्ने समयः इयरबडका लागि १ घण्टा, केस चार्ज गर्न २ घण्टा
काम गर्ने समयः ६.५ घण्टा
चार्जिङ पोर्टः टाइप–सी
न्वाइज क्यान्सिलेसनः एआई–ईएनसी


