सप्तरी- सप्तरीको छिन्नमस्ता शक्तिपीठमा यो पटक भक्तजन बढ्ने अनुमान गरिएको छ। सप्तरीको प्रसिद्ध धार्मिक स्थल छिन्नमस्ता(सखडा)शक्तिपीठमा करिब १० लाख भक्तजन आउने अनुमान मन्दिर व्यवस्थापनले गरेको हो।
छिन्नमस्ता गाउँपालिका–३ मा पर्ने शक्तिपीठमा अघिल्लो पटक कोरोनाको डर र भारतीय सीमामा कडाइको कारण कम आएपनि यसपालि कुनै समस्या नभएकाले धार्मिक पर्यटक बढ्ने अनुमान गाउँपालिकाको पनि छ।
‘दसैँमा छिन्नमस्तामा नेपाल तथा भारतको विभिन्न ठाउँबाट करिब १० लाख भक्तजन आउने आकलन गरेका छौँ,’ छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानाथ चौधरीले भने।
मन्दिर परिसरमा सुरक्षा व्यवस्था, एम्बुलेन्स र स्वास्थ्यकर्मी परिचालन गरिएको छ। भारतीय सीमानाबाट २ किलोमिटर मात्रै उत्तर तर्फ पर्ने छिन्नमस्तामा दसैँका बेला आउने दर्शनार्थी बढी हुने गरेका छन्।
मन्दिर सप्तरी सदरमुकाम राजविराजबाट १० किमी को दुरीमा रहेको छ।


