काठमाडौं- सामसङले आफ्नो क्रिस्टल यूएचडी टिभी र क्यूएलईडी टिभी सेटहरुको नयाँ लाइन–अप, २०२३ सी–सिरिज टिभी सार्वजनिक गरेको छ । यो सिरिजको टिभीहरु यहीँ वर्षको दशैं–तिहारको लागि भनेर नेपालमा आइसकेको कम्पनी जनाएको छ । यो नयाँ लाइन–अपको टिभीहरु ४३” देखि ८५” सम्मका विभिन्न साइजमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
नेपाली बजारमा आएको यी नयाँ २०२३ क्रिस्टल यूएचडी टिभी र क्यूएलईडी टिभीमा सामसङको फ्ल्यागशिप फिचरहरु नि जडित छन्, जस्तै सामसङको सिग्नेचर नक्स सेक्युरिटी, बिल्ट–इनएआई भ्वाइस असिस्टेन्ट बिक्स्बी, स्मार्टथिन्ग्स एपको एक्सेस र स्लिमफिट क्यामको साथ भिडियो कल गर्न मिल्ने सुविधा पनि छ ।
यी टिभीहरूमा काल्म अनबोर्डिङ र अटो ब्राइटनेस अद्जस्त गर्नको लागि आईओटी लाइट सेन्सरहरूको सुविधा पनि रहेको छ । यसैसँगै सी–सिरिजका टिभीहरू वातावरणलाई ध्यानमा राखेर डिजाइन र निर्माण गरिएका छन् । धेरै पार्टहरु पुनर्नवीनीकरण गरिएका हुनुको साथै सोलार सेल रिमोट र एआई एनर्जी सेभिंगको निप्रगोग गर्दछ । यो जस्तै धेरै अरु सुविधाहरु समेटी सामसङले आफ्नो प्रयोगकर्ताहरूलाई एक असल कनेक्टेड एक्सपिरियन्सको अनुभव प्रदान गर्ने अपेक्षा लिएको छ ।
कम्पनीका अनुसार, ३१ डिसेम्बर २०२३ भित्रमा खरिद गरिएका सब २०२३ टिभीहरुमा ३ वर्षको पूर्ण वारेन्टी उपलब्ध रहेका छन । ‘आधुनिक नेपाली उपभोक्ताहरू हामीसँगै विकसित भएका छन्, र उनीहरू आफ्नो लागि अझ राम्रा राम्रा उत्पादनहरू खोजिरहन्छन्। त्यसैले हामी हाम्रा ग्राहकहरूले अनुपम गुणस्तर र उत्कृष्ट अनुभव पाउन सक्ने सबै कुरा ल्याउँछौँ । कनेक्टेड एक्सपिरियन्स जुन हामीले हाम्रा ग्राहकहरुका घरमा ल्याउन सक्षम रहेका छौं, जुन हाम्रा ग्राहकहरूले आरामसँग अनुभव गर्ने छन् भन्ने हामीले विश्वास गरेको छौं। नयाँ २०२३ टिभीहरूले हाम्रा प्रयोगकर्ताहरूलाई परिष्कृत अनुभव प्रदानगर्न यी सबै ल्याउँदछ”, सामसङ नेपालका कन्जुमर इलेक्ट्रोनिक्सका महाप्रबन्धक आलोक कुमार गुप्ताले बताए ।
नयाँ २०२३ क्युएलईडी र क्रिस्टल फोके यूएचडी टिभीहरुका मुख्य सुविधाहरू
प्रिमियम डिजाइन
तपाईको घरको कुनै पनि ठाउँमा फिट गर्न हुने डिजाइन हाे, प्रिमियम डिजाइन। नयाँ २०२३ क्रिस्टल यूएचडी टिभी र क्यूएलईडी टिभीको डिजाइन एउटा उत्कृष्ट कृति हो जसले तपाइँको घरमा भएको कुनै पनि प्रकारको पर्खाल र सजावटको सौन्दर्यशास्त्रमा समायोजन गर्न सक्छ, यो यसको एयरस्लिम डिजाइनको कारणले जता पनि घुल मिल्छ। यसको एडजस्ट गर्न मिल्ने हाइटले गर्दा यो कुनै पनि कोठा र कुनै पनि ठाउँको लागि उत्तम फिट हो।
स्लिम सोलार पावर्ड रिमोट
एक पूर्ण ब्याट्री–रहित रिमोट कन्ट्रोल जसलाई कोठाको बत्तीहरू र वाइफाइ राउटरहरूबाट उत्सर्जित अतिरिक्त ऊर्जा मार्फत चार्ज गर्न सकिने स्लिम सोलार पावर्ड रिमोट मिनिमलिस्टिक कुञ्जीहरू र बिल्ट–इन माइक्रो फोनको साथ आउँछ।
१००% करल भोल्युम– प्यान्टोन मान्य रङहरू
२०२३ टिभीहरूले एक बिलियन ट्रु कलर्सको चमक देखाउँदछ, जसले समृद्ध र जीवन्त रङहरूको अबाैँ शेडहरू, र यसको प्रोसेसर जसले लो–रिजोल्युसन तस्विरहरूलाई उच्च फोके डिस्प्लेमा अपस्केल गर्दछ।
भिडीईद्वारा प्रमाणित, प्रयोगकर्ताहरूले रङ्गको रेन्ज र पिक ब्राइटनेसको सुधारिएको दायराको आनन्दको साथ पहिले भन्दा धेरै विस्तृत विवरणहरूमा आफ्ना मन पर्ने कन्टेन्टहरूको आनन्द लिन सक्छन्, जसले स्क्रिनलाई जतिसुकै चम्किलो रूपमा उज्यालो वाअँध्यारो भएता पनि धेरै फरक रङहरू वास्तविकतामा ल्याउन सक्छ। स्क्रिनले दर्शकहरूलाई हेर्ने एंगल र दूरीको पर्वाह नगरी एक सुसंगत रङ्ग र गुणस्तर दिन्छ।
ध्वनिको साथ इमर्सिभ अनुभवलाई
ओब्जेक्ट ट्र्याकिङ साउन्ड लाइटले दुई भर्चुअल टप स्पिकरहरूको प्रयोग गरी तपाइँको घरको आरामबाट सिनेमेटिक थ्रीडी साउण्डको मजा लिन दिन्छ। ओटियस लाइटले स्क्रिनमा भएका तत्वहरूको चालहरू ट्र्याक गर्छ र त्यो तत्वको स्थानसँग मेल खाने ध्वनि उत्पादन गरी गतिशील थ्रीडी–जस्तो ध्वनि अनुभव सिर्जना गर्दछ। तपाईंले क्यु सिम्फोनीमार्फत त्यो अनुभव बढाउन सक्नुहुन्छ र कुशलतापूर्वक आफ्नो घरको लागिआफुले चाहेको ध्वनिहरू अर्केस्ट्रेट गर्न सक्नुहुन्छ।
बिल्ट–इनएआई भोइस असिस्टेन्ट
बिक्सबी, एक बिल्ट–इनएआई भ्वाइस असिस्टेन्ट जसले तपाईंलाई आफ्नो कन्टेन्टको सहज आनन्द लिन दिँदै पूर्ण रूपमा कनेक्टेड एक्सपिरिएन्स दिनेछ। केवल बोलेर तपाईले कनेक्टेड डिभाइसको प्रयोग गरी आफूले चाहेको कन्टेन्ट फेला पार्न र कनेक्टेड डिभाइसहरु कन्ट्रोल गर्न सक्नुहुनेछ।
स्मूथअनुपम गेमिङ
सामसङ गेमिङ हबको साथ कन्सोल बिना नै तुरुन्तै सबै उत्कृष्ट कन्सोल गेमहरू, स्ट्रिमिङ गेमहरू र थप सबैलाई एकै ठाउँमा पाउनुहोस् र स्क्रिनमा हुने चालहरू अनुकूलन गर्नको लागि स्मूथ मोशन प्रदर्शन, स्वचालित समायोजनको साथै मोशन एक्सलेरेटरले ल्याउने स्पष्ट चित्र र प्रदर्शनहरूले तपाईंको गेमिङ अनुभवलाई उत्कृष्ट बनाउँछ।
नयाँ २०२३ सामसङ टिभीहरूका लागि आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि र आधिकारिक बिक्रेता त्रिवेणी ब्यापार कम्पनी लिमिटेडको डिलर नेटवर्क अन्तर्गत नेपालभरका डिलर नेटवर्कबाट उपलब्ध छन्। ग्राहकले सामसङबाट ०% ईएमआई सेवा, स्मार्ट प्लाजाबाट झन्झट मुक्त इन्स्टा फाइनान्समा खरिद र अर्को स्टोरबाट एक्सचेन्ज सेवा पाउन सक्छन्।


