काठमाडौं– मधेश प्रदेशको राजधानी जनकपुरमा सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनी लिमिटेडका मधेश प्रदेशमा कार्यरत कर्मचारीहरुको पेशागत दक्षता अभिबृद्धि गर्ने उदेश्यका साथ प्रशिक्षण कार्यक्रम आयोजना सम्पन्न गरिएको छ ।
नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालय प्रमुख कुशुम शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त प्रशिक्षण कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका नेशनल कोअर्डिनेटर, प्रदेश प्रमुख, विभागिय प्रमुखहरुले आ–आफ्नो प्रस्तुतिकरण दिएका थिए ।
मार्केटिङ, अण्डरराईटिङ, दावी, मानव संसाधन,ब्राण्डिङर ग्राहक सेवा लगायतका विषयहरुको प्रस्तुतिकरणले समग्र मधेश प्रदेशमा कार्यरत कम्पनीका कर्मचारीहरुमा ज्ञान र उत्साहको सञ्चार भएको कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
कार्यक्रम २०८० असोज २६ र २७ गते दुई दिनसम्म चलेको थियो ।


