काठमाडौँ- राष्ट्रिय किशोरी सञ्जालको अध्यक्षमा सिन्धुलीकी कृपा काफ्ले निर्वाचित भएकी छन्।
यसअघि बागमती किशोरी सञ्जालकी सदस्य काफ्लेलाई धुलिखेलमा जारी राष्ट्रिय किशोरी भेलाले सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो।
तीन दिनसम्म चल्ने भेलाले हालै आफूलाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको काफ्लेले बताइन्।
‘यो भेला अब तीनदिनसम्म चल्नेछ। मलाई अध्यक्ष बनाउन सहयोग गर्नुहुने सबैप्रति कृतज्ञ छु,’ उनले भनिन, ‘म आफ्नो दुईवर्षे कार्यकाललाई किशोरीहरुको मुद्दा उठाउन सक्दो कोसिस गर्नेछु।’
यसअघि संस्थाको अध्यक्षमा लुभिना श्रेष्ठ थिइन्।


