ललितपुर- ललितपुरबाट छ जना जुवाडे पक्राउ परेका छन्।
महालक्ष्मी नगरपालिका-४ डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएकी ४५ वर्षीया रेवती नेपालीको फेन्सी पसलमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।
प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ९४ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो।
उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ।


