२०८३ कार्तिक ११ गते मङ्गलबार

त्यो युगको दसैँ

 |  सचिन्द्र श्रेष्ठ
Sanket

सचिन्द्र श्रेष्ठ

काठमाडौँ, कार्तिक ३
sachindra_shrestha

विजयदशमी भगवान् रामको विजयोत्सव र राक्षस-देवी युद्धमा देवीको विजयको पर्वका रूपमा मनाउने गरिन्छ। यो शक्तिपूजाको पर्व हो। यसलाई शस्त्रपूजनको पर्व रुपमा पनि मान्ने गरिन्छ।

देवी दुर्गाले महिषासुर राक्षसको वध, चण्डमुण्ड र शुम्भनिशुम्भमाथि विजय प्राप्त गरेको खुसियालीमा मनाउन थालिएको हो। नवरात्र (आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म)भर चलेको यो युद्धमा देवीको विजय भए भएपछि नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टीका र जमरा लगाउने चलन छ।

विधिवत् रूपमा दसैँ घटस्थापनादेखि मात्र सुरु हुने भए पनि एक महिना पहिलेदेखि चहलपहल सुरु हुन्छ। पहिलेपहिले त नेवारी समाजमा मोहनी नखा: मान्ने चलन थियो। चिउरामासु खाने, टाढाटाढाका आफन्तसँगै बसेर मान्ने थियो।

मोहनी नखा: लागेपछि पाहुना बस्न जान नहुने भन्ने चलन पनि थियो। घरपरिवारसँग नै चुलो छुटेको भए पनि दसैँका बेलासँगै बस्नु र खानुपर्ने चलन छ। दसैँमा ऊ बेला हाम्रा घरसमाजमा नै छुट्टै रौनक देखिन्थ्यो। मिठो खाने खुवाउने, राम्रो लाउने, घरआँगन, बाटोघाटो, गाऊ टोल सफा सुग्घर राख्ने जस्ता कार्य यही दसैँमा गरिन्थ्यो।

रातो माटोले लिपेका घर होस् या कमेरोले पोतेको घर होस् छुट्टै सफा र एक रूपता देखिथ्यो। टाढा भिर पखेरामा राति नै उठेर रातो माटो,कमेरो लिन जानेको भिड देखिन्थ्यो जसका कारण दसैँ आउन लागेको संकेत प्रष्ट थाहा हुने गर्थ्यो।

अझ भन्नु पर्दा स्कूलमा समेत सबै जना विद्यार्थीहरु मिलेर स्कुलमा समेत लिप पोत गर्ने, रंग लगाउने गरेको हिजो जस्तो लाग्छ। त्यो बेला पढ़ने बेला खुला चौरमा पिङ खेल्दै अलग्गै अनुभव हुने गर्दथ्यो र त्यसबखत ठूलाठूला घर नभएकाले खुला चौरमा गएर चंगा उडाउने र कसको चंगा कहाँसम्म पुग्यो भनेर हेर्ने गरिन्थ्यो। त्यसले छुट्टै मज्जा र चाडपर्व आएको आभाष दिने गर्थ्यो।

यस्तो महान चाड दसैँ आउने स्कूल बिदा दिने हुदा होमवर्कसमेत धेरै शिक्षकले दिने गर्थे। तर छिटो छिटो होमवर्क सकेर खेल्न जाने, डुल्ने भन्ने मनमा कौतूहलता लागेर होला मन नै फुरुङ्ग हुने गर्दथ्यो। तर आजकलको दसैँ सीमित घर र इन्टरनेटको जमानाले गर्दा त्यो खालको रमाइलोपन कताकता कम भएको महसूस हुने गर्दछ। अझै दसैँ नाममा मात्र सीमित देखिन्छ।

विधिवत् रूपमा दसैँ घटस्थापनादेखि मात्र सुरु हुने भए पनि एक महिना पहिलेदेखि चहलपहल सुरु हुन्छ।

गाउँका ती पाखापँधेरा, पखेराकन्दराहरु, कोट र भञ्ज्याङ्का देउरालीमा त्यो बेला रेडियो नेपालमा गुन्जिने मालश्री धुन टाढाटाढाबाट बजेको सुन्दा नै दसैँ आएको थाहा हुन्थ्यो। गाउँ पूरा रमाइलो नै लाग्थ्यो। बजार सब सुनसान। यसले नै दर्शाउने गर्थ्यो- गाउँमा दसैँ आयो। लाहुरेहरु छुट्टी मनाउन आफ्नो घर आउँदा होस् या सहरमा व्यवसाय गर्ने र पढ्ने विद्यार्थी गाउँ आउँदा नै किन नहोस्।

गाउँ नै गाउँको देशमा गाउँलाई राज्यले सधैं उपेक्षा गरेको भन्ने गुनासो भइरहँदा हामी नेपाली मात्रको एउटा मौलिक चाड दसैँले कहिल्यै उपेक्षा गर्न सक्दैन। बजारभन्दा कयौ गुणा बढी आनन्द गाउँमा त्यो बेला हुने गर्थ्यो। समय र आधुनिकीकरणसँगै आजकल यस्ता चाडपर्वको मौलिकता लोप भएकोमा दुःख लाग्दछ।

दसैँको साँस्कृतिक पक्ष पनि छ। बलि दिने, घरमा रहेका धातु फलाम पूजा गर्ने, हिन्दू संस्कृतिमा वीरताको पूजक अनि शौर्यको उपासक पनि रहेकाले हर्षोल्लास तरिकाले मान्ने गरिन्छ। मान्यजनको आशिर्वाद लिने टीकाजमरा थाप्न टाढासम्म पुगेर राती एक्लै बसी कति पैसा उठ्यो भनेर गन्ने गर्दा मन अति खुसी हुने गर्थ्यो। जसले धेरै दिन्छ उसकोमा अर्को दसैँमा टीका लगाउन जाने खालको परिपाटी नै बस्थ्यो। नयाँ कपडा लगाएर आफ्ना वरिपरि साथीसंगी भेट्ने र दसैँमा राम्रो फिल्म लगाउँछ भनेर हेर्न जाने गरिन्थ्यो। आजकल यो सब हराइसकेको छ।

दसैँलाई राष्ट्रिय चाड पनि भन्ने गरिन्छ। हिन्दू धर्मावलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी दशौं दिन बिहान मान्यजनहरुको हातबाट टीका-प्रसाद ग्रहण गरेपछि यो क्रमले पूर्णिमासम्म निरन्तरता पाउँछ। कतिपय स्थानमा दशमीका दिन मात्र टीकाप्रसाद ग्रहण गर्ने चलन पनि छ।

सामाजिक, सांस्कृतिक, धार्मिक चाडपर्वले भनेकै आपसी भाइचारा, सद्भाव र सहिष्णुताको प्रतीक हो भन्दा फरक पर्दैन। त्यसैले आपसी रिस-घमण्ड त्यागी परम्परा र संस्कृतिले सिकाएका राम्रा कुरालाई ग्रहण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्दै महान् चाडको उल्लासमा सहभागी भइरहन सकौँ। दसैँको शुभकामना।

प्रकाशित: २०८० कार्तिक ३ गते शुक्रबार ०१:३९
प्रतिक्रिया

थप समाचार

रेमिटेन्सले उज्यालिएको घर, उजाडिएको गाउँ

एउटा समय थियो सबै आधारहरू हामीसँग थिए, तर आर्थिक आधार हाम्रो कमजोर थियो। अहिले अवस्था उल्टिएको छ। आर्थिक आधार पहिलेभन्दा राम्रो छ, तर अरू सबै आधारहरू कमजोर र धराशयी बन्दै गएका छन्।

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...

इन्द्रजात्रासँग जोडिएका मिथ र तिनको ऐतिहासिक–व्यावहारिक सत्यता

काठमाडौँमा नेवार समुदायको परम्परागत र सांस्कृतिक रूपमा अत्यन्त ठूलो महत्व बोकेको इन्द्रजात्रा (येँयाः पुन्हि) बारे विभिन्न पौराणिक मान्यता, जनश्रुति (पुरानो भनाइ) तथा ऐतिहासिक सत्यताहरू जोडिएका...

भोटेकोशीको कहरपछि उद्धारका ११ दिन: जंगलदेखि सुरुङसम्मको खोजी यात्रा

सुरुङभित्रको कठिन खोजी तथा उद्धार कार्य अर्को चुनौतीपूर्ण अध्याय थियो। खोजीको सबैभन्दा चुनौतीपूर्ण चरण आयोजनाका भूमिगत संरचनामा प्रवेश गरेपछि सुरु भयो। डिस्यान्डर बेसिनमा पानी जमेको थियो।...

‘देश संकटमा छ, पीडितको आँसु पुछ्ने हात बनौँ’

नेपाल अहिले कठिन समयबाट गुज्रिरहेको छ। बाढी, पहिरो र प्राकृतिक विपत्तिले देशका विभिन्न भूभागमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। कतै घर बगेका छन्, कतै परिवारका सदस्य हराइरहेका छन्, कतै आफ्नै...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना