जाजरकोट – जाजरकोटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा भेरी नगरपालिका-६ का केशव महतारा रहेका छन्।
भेरी नगरपालिका-६ भेरेखर्कमा क.प्र.०२००१ त ०१६० नम्बरको ट्याक्टरको ठक्करबाट शुक्रबार दिउँसो उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ।


