काठमाडौं – बाँकेमा आज बिहान ८ देखि १२ बजेसम्म मदिराजन्य पदार्थको ओसारपसार, बिक्री तरण र उपभोगमा रोक लगाइएको छ।
जिल्ला प्रशासन बाँकेले मंगलबार एक सूचना प्रकाशित गरी मदिराजन्य पदार्मा निषेध लगाएको हो।
आज जिल्लाका विभिन्न स्थानबाट दुर्गा भवानीको मूर्ति पवित्र जलकुण्ड, नदी घाटहरूमा बिसर्जन गर्ने परम्परा रहेको छ।
मूर्ति बिसर्जन र्यालीलाई सभ्य, शान्त, अनुशासित एवम् मर्यादित रूपमा सम्पन्न हुने वातावरण निर्माण गर्न मदिरामा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जारी गरेको सूचनामा उल्लेख छ।
सूचनाको बर्खिलाप हुने कार्य र गतिविधि भएको पाइएमा प्रचलित कानुन अनुसार कारबाही हुने जनाइएको छ।



