इनरुवा- सुनसरीमा एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन्। को कोशी गाउँपालिका– ४ कोशी कटानमा मंगलबार राति सप्तरी रुपनी नगरपालिकाका प्रहरी जवान अमितेश मण्डलले आफैंलाई गोली हानेका हुन्।
उनी कोशी गाउँपालिका-४ कोशी कटानमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीका अनुसार सुत्ने कोठामा कोही नभएको मौकामा पेस्तोलले टाउकोमा गोली हानेर आत्महत्या गरेका थिए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


