मकवानपुर – काठमाडौं-कुलेखानी-हेटौंडा सडकखण्डअन्तर्गत मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरीखेतमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
काठमाडौंबाट हेटौंडा आउँदै गरेको ०२-०२७-प ४८४२ नम्बरको स्कुटर बुधबार दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको र एक पुरुष घाइते भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार स्कुटर चालक काठमाडौं महानगरपालिका-२७ बस्ने वर्ष ६५ का शशीराज पाण्डे घाइते भएको र उनको उपचारको हेटौँडा अस्पतालमा भइरहेको छ छ। उनकी पत्नी ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको हेटौंडा अस्पतालमा उपचारका क्रममा साँझ करिब ७:३० बजे मृत्यु भएको थियो।
काठमाडौँबाट हेटौँडा आउने क्रममा जुरिखेतको ओरालोमा स्कुटर अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको थियो। रासस


