कैलाली – कैलाली बर्दगोरिया गाउँपालिका-६ स्थित काँडा नदीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा ७ वर्षीय आयुष मल्ल र ८ वर्षीय दिप्सन मल्ल रहेका छन्।
उनीहरूको बिहीबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।
नुहाउने क्रममा डुबेर अशक्त भएका उनीहरूको बर्दगोरिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


