काठमाडौँ- टी–२० विश्वकप छनोटका लागि नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ।
क्याप्टेन रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो।
टी–२० आई त्रिकोणात्मक शृङ्खला खेलेको टिममा रहेका लोकेश बम, सूर्य तामाङ, श्याम (मौसम) ढकाल र सागर ढकाल टिममा अटाएनन्।
तर, सन्दीप लामिछाने टी–२० विश्वकप छनोटका लागि टोलीमा समेटिएका छन्।
एसिया क्षेत्रको छनोट खेल यही कार्तिक १३ गतेबाट काठमाडौंको कीर्तिपुर र मूलपानीमा खेल हुनेछन्।
८ टिम सहभागी हुने खेलमा शीर्ष दुई टिम अर्को वर्ष हुने टी–२० विश्वकपमा छनोट हुनेछ।
नेपालले पहिलो खेल सिंगापुरसँग सोमबार खेल्नेछ।


