काठमाडौं- सडक निर्माणको काम अलपत्र छाडेको भन्दै दैलेखका स्थानीयले त्यहाँको सांसदको फोटा रुखमा टाँसेर विरोध गरेका छन् । दैलेख क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद दिक्पाल शाहीको तस्वीर त्यहाँका स्थानीयहरुले रुखमा टाँसेर विरोध जनाएका हुन् ।
सांसद शाहीको तस्वीरको पोष्टर रुख रुखमा टाँसेर पश्चिम सुर्खेतका नागरिकलले ‘माननीय ठेकेदार दिक्पाल शाहीज्यू बाटो कहिले बन्छ ?’ भन्दै उनलाई प्रश्न गरेका छन् ।
सांसद शाहीका छोराको नाममा रहेको निर्माण कम्पनीले मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेत बड्डीचौरदेखि खम्बागाडे खण्डको १२ किलोमिटर सडक कालोपत्रेको जिम्मा लिएको छ । तर, कालोपत्रे गर्ने भनेर ठेक्का लिएको लामो समय बित्दा पनि कामअघि नबढेपछि विरोधस्वरुप स्थानीयले सांसद शाहीको तस्वीर रुख रुखमा टाँस गरेका हुन् ।


