काठमाडौं- शिवम् सिमेन्टका सेल्स एण्ड मार्केटिङ निखिल अग्रवाल महात्मा गान्धी राष्ट्रिय अभिमान पुरस्कारबाट सम्मानित भएका छन् । २०८० कात्तिक ३ गते भारतको नयाँदिल्लीमा ब्रान्डम्यान इन्डिया पीआर तथा प्रमोसनद्धारा आयोजित कार्यक्रममा अग्रवाल सम्मानित भएका हुन् ।
अग्रवाल शिवम् सिमेन्टको स्थापनाकाल देखिनै निरन्तर कार्यरत छन । ब्रान्डम्यान इन्डिया पीआर तथा प्रमोसनले हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरमा अवार्ड कार्यक्रम गर्दै आईरहेको छ ।

यसको प्रमुख लक्ष्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका औद्योगिक क्षेत्रहरुलाई प्रोत्साहन गर्ने, अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने, विभिन्न उद्योगहरुमा नेतृत्व गर्ने कर्मचारी तथा व्यवस्थापक छनौट गरी पुरस्कार वितरण गर्ने तथा अन्तर्राष्ट्रिय प्रतिनिधीहरु सँग समन्वय गराई व्यापार विस्तारको अवसर प्रदानगर्ने जस्ता कार्यहरु गर्दै आईरहेको छ ।


