काठमाडौैं- नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले गत असोज १६ गते आएको भुकम्पबाट क्षतीग्रस्त बझाङको जयपृथ्वी नगरपालिका ४ स्थित बालविकास माध्यामिक विद्यालयको पुस्तकालय पुनर्निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
बालविकास माध्यामिक विद्यालयको प्राङ्गाणमा सम्पन्न एक कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसादखत्री ले सो विद्यालयका प्रधानाध्यापकलाई आर्थिक सहयोग हस्तान्तरण गरेका थिए ।
सहयोग हस्तान्तरण गर्दै प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसादखत्रीले कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयलाई सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै उक्त सहयोगबाट पुस्तकालय पुनर्निर्माणमा विद्यालयलाई केही हद सम्म भएपनि राहत मिल्ने धारण व्यक्त गरे।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगनबहादुर खातीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा, विद्यालयका प्रधानाधयापक केशर बहादुर खातीले शिक्षाका लागि कम्पनीले यस विद्यालयमा गरेको आर्थिक सहयोगबाट पुस्तकालाय पुनःर्निर्माण गरिने जानकारी दिँदै आर्थिक सहयोग प्रदान गरेकोमा कम्पनीलाई धन्यबाद दिए ।
