ओखलढुंगा- ओखलढुंगाको मानेभञ्ज्याङमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ।
मानेभञ्ज्याङ गाउँपालिका वार्ड नं. ७ स्थित हर्कपुरकी ३९ वर्षीया कमला दाहाल गौतमको भान्छाकोठामा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।
चुल्होमा डिजेल प्रयोग गरी आगो बाल्ने क्रमममा अचानक आगलागी हुँदा गौतमको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बालिस्टार सिंहले बताए।
सोमबार साँझ ५ बजेतिर आगलागी भएको उनले बताए। भान्छाघरको आगो स्थानीय र प्रहरीको सहायतामा नियन्त्रणमा लिइएको थियो।
आगो निभाउने क्रममा मृतककी देउरानी २७ वर्षीया जानुका गौतम घाइते छिन्। बायाँ खुट्टा जलेकी उनको उदयपुरस्थित जनसेवा हेल्थ केयर घुर्मीमा भइरहेको छ।


