विराटनगर – प्रहरीले विराटनगरमा नाबालकको झोलाबाट हुण्डी कारोबारको रकम बरामद गरेको छ।
कोशी प्रदेश प्रहरी कार्यालय अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले १६ वर्षीय नाबालकले भिरेको झोलाबाट हुण्डी कारोबारको रकम बरामद गरेको हो।
मंगलबार दिउँसो नाबालकको झोलाबाट २१ लाख ८७ हजार रुपैयाँ रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
विराटनगर-६ शनी मन्दिर चोकबाट नाबालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
उनको साथमा रहेको मोटरसाइकल, कुमारी बैंको चेकबुक, एनआइसी एसिया बैंकको चेकबुक, ग्लोबल आइएमई बैंकमा जम्मा गरिएको रकमको रसिद चार थान बरामद गरिएको प्रहरीले जनाएको छ।


