डोटी- डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार दुर्घटनामा अन्य १९ जना घाइते भएका छन्।
भीमदत्त राजमार्ग अन्तर्गत जोरायल गाउँपालिका-१ घोरडीमा सुपप्र ०१००२ त ६७२३ नम्बरको ट्याक्टर बुधबार साँझ करिब ८ बजेतिर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताए।
दुर्घटनामा १८ वर्षीय सालिन राना मास्केमगरको घटनास्थलमै मृत्यु भएको उनले बताए।
मजदुर बोकेर जोरायल गाउँपालिका-१ घोरडीबाट खटेना जाँदै गरेको ट्याक्टर दुर्घटना भएको थियो।
घाइते भएका १९ मध्ये चार जनाको अवस्था गम्भीर रहेको श्रीवास्तले बताए।
घाइतेहरूलाई उपचारका लागि धनगढी पठाइएको छ।


