काठमाडौँ- हिउँद महिना सुरु भएपछि सरकारी कार्यालयहरूको सेवा अवधि छोटिएको छ।
कात्तिक १५ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालयको सेवा अवधिक दिनमा एक घण्टा छोटिएको हो।
अब देखि सरकारी कार्यालयको काम दिउँसो ४ बजे नै बन्द हुने भएको छ।
माघ १७ गतेदेखि भने साँझ ५ बजेसम्म सरकारी कार्यालयले सेवा दिनुपर्नेछ।
कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुने व्यवस्था छ।


