२०८३ कार्तिक १२ गते बुधबार

अधीर बालेन : बैठक बहिष्कार बोल्न नपाएर कि अध्यक्षता नपाएर?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १६
balen

काठमाडौँ- कात्तिक १४ गते काठमाडौं उपत्यकाका महानगरपालिका र नगरपालिकाका मेयरहरूको ‍फोरमको बैठक बसेको थियो।

बैठक बुढानीलकण्ठको पार्क भिलेजमा आयोजना गरिएको थियो।

बैठकमा प्रायजसो काठमाडौँ महानगरका मेयर सहभागी हुने गरेका थिएनन्। तर मंगलबारको बैठकमा भने उनी पुगेका थियो।

बैठक सुरु हुनासाथ काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले केही कुरा राख्ने समय मागे।

फोरम बैठकको अध्यक्षता ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले गरिरहेका थिए।

उनले पहिला एजेन्डामा प्रवेश गरेपछि बोल्न मौका दिने भनेर रोक्न खोजे।

बैठकमा मेयर बालेनले बोल्न ‘एक छिन एक छिन’ भन्दै हात उठाए पनि अध्यक्षता गरेका महर्जनले एजेन्डामा प्रवेश गरेर मात्रै बोल्न दिने बताएका थिए।

त्यसलत्तगै आफूलाई बोल्न नदिएपछि बालेन आफु आसन गरेको ठाउँबाट जुरुक्क उठेर बैठक बहिष्कार गरे।

बालेन शाहले बैठक बहिष्कार गरेको विषय अहिले विभिन्न सामाजिक सञ्जाल र मिडियाहरुमा आइरहेको छ। निजी कम्पनीको कार्यक्रम भएकाले आफूले बैठक बहिष्कार गरेको बालेनको स्टाटसको दाबी छ।

बालेनको अभिव्यक्ति र प्रस्तुति निन्दनीय भएको बुढानीलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामाले बताएकी छन्।

बालेन शाह बैठकमा आउँदा सुरुमा खुसी लागेको लामाको भनाइ छ। तर उनले आफ्नो खुशी लामो समय नटिकेको बताइन्।

‘काठमाडौँ महानगरका मेयर बालेन्द्र साहले बैठक बहिष्कार गर्दै निजी कम्पनीको पैसा खाएर बसालेको अभिव्यक्ति दिनु दुःखद् छ,’ उपप्रमुख लामाले नेपाल क्लिक्ससँग भनिन्।

‘बैठकमा एजेन्डा कसरी तय हुन्छ? पहिले नै जानकारी भए सजिलो हुन्थ्यो भन्ने हामीलाई पनि लाग्थ्यो। तर, ती कुरा एउटा मर्यादा र दायरामा रहेर पो भन्ने हो त,’ उनले भनिन्, ‘प्रश्न गर्नुअघि प्रश्न गर्ने धैर्यता र योग्यता पनि राख्नुपर्यो। त्यो धैर्यता मेयरसापले राख्नुभएन।’

यसअघिका तीन बैठकमा बालेन शाह नआएको उनले जानकारी दिइन्।

‘यसअघिका बैठकमा उहाँ किन आउनुभएन, बैठकको मर्यादा त सबैले कायम गर्नुपर्‍यो। एकैचोटी पाँचौ बैठकमा आएर सुरुमा सम्बोधन पनि छैन। अध्यक्षज्यू म केही कुरा राख्न चाहन्छु भन्ने सम्बोधन पनि छैन। एकछिन एकछिन भनेर दुई पटक हात उठाउनुभयो, त्यत्ति हो,’ उनले भनिन्।

बैठक बहिष्कार बोल्न नदिएर कि अध्यक्षता नपाएर?
बालेनले सुरु भएको १० मिनेटमै बैठक हलबाट बाहिरिएका थिए। आखिर किन बालेनले बैठक बहिस्कार गरे त? यसमा उनले बैठक बहिष्कार गर्नुका पछाडि २ वटा कारण छन्।

पहिलो, बालेन शाहले बैठकै सुरुमा केही कुरा राख्छु भनेर हात उठाएका थिए। तर, विषय एजेन्डामै गएर छलफल गरौं भन्ने बैठकको अध्यक्षता गरिरहेका चिरिबाबुको आग्रह उनलाई स्वीकार्य भएन। आफूले बोल्ने समय माग्दा नदिएको भन्ठानेर पनि बालेनले बैठकबाट उठेर हिँडे।

बालेन बाहिरी कार्यक्रम र महत्वपूर्ण बैठकमा खासै सहभागी हुने गर्दैनन्।

फाेरमकाे पहिलाे बैठक चन्द्रागिरीमा हुँदा बालेन सहभागी थिए। त्यसयताका ३ वटा बैठकमा बालेन उपस्थित भएनन्।

एकैचाेटी पाँचाै बैठकमा बालेन उपस्थित हुँदा अन्य महानगर प्रमुख तथा उपप्रमुखहरू उत्साहित थिए।

त्यस बैठकमा काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनको जिम्मा पाएको कम्पनी नेपवेस्टले आफ्नो प्रस्तुति दिने एजेन्डा थियो।

उक्त एजेन्डामा प्रवेश गर्नुअघि नै मेयर बालेनले केही कुरा राख्न खोजेका थिए। एजेन्डामा प्रवेश गरेपछि बोल्छु भन्ने धैर्यता बालेनमा रहेन।

बैठकको अध्यक्षता आफूले गर्न नपाएकाले बैठक बहिष्कार गरेको कतिपय नगरप्रमुखको भनाइ छ।

तर, अध्यक्षता नपाएर बैठक बहिष्कार गरेको कुरा काठमाडौं महानगरपालिका मान्न तयार छैन।

फोहोरमैला व्यवस्थापनको जिम्मा पाएको निजी कम्पनी नेपवेस्टसँग बालेनको सम्बन्ध चिसिएको छ।

बालेन आफ्नो सामाजिक सञ्जालमा स्ष्पटीकरण दिने क्रममा पनि नेपवेस्टविरुद्ध खनिएका छन्।

नेपवेस्टले सम्झौताअनुसार काम नगरेको विषयमा अघिल्लो बैठकले कम्पनीको ठेक्का रद्ध गर्ने निर्णयसमेत गरेको थियो।

उपत्यकामा यसअघि विभिन्न १८ महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाका मेयर रहने गरी मेयर्स फोरम गठन गरिएको थियो।

यसको अध्यक्षमा ललितपुरका मेयर चिरिबाबु महर्जन छन् भने सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा उपाध्यक्ष, चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी महासचिव, टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी सचिव, तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन कोषाध्यक्ष र मध्यपुर थिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ सहसचिव छन्।

लामाको स्टाटस जस्ताको तस्तै

काठमाडौ महानगर मेयरज्यूको स्टन्ट र मेयर्स फोरम पाँचौ बैठकको सत्यतथ्य!

काठमाडौ महानगरका मेयरज्यू समयमै बैठकमा आउनुभयो। बैठकमा सबैको आसनग्रहण पछि स्वागत मन्तव्य बैठक आयोजना गर्ने बुढानीलकण्ठ नगरपालिकाको तर्फबाट मैले राखें। त्यसपछि राष्ट्रिय गान गाईयो। त्यसपछि फोरमका अध्यक्षज्यू ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनज्यूले बैठकको ऐजेण्डा प्रस्तुत गर्नका लागि सहजकर्तातर्फ रूलिङ गर्नुभयो।

त्यतिबेलै काठमाडौ महानगरका प्रमुख बालेन्द्र शाहज्यूले ुएकछिन एकछिनु भनेर हात उठाउनुभयो। बैठकका अध्यक्षज्यूले ऐजेण्डामाथि जाउँ अनि त्यसमाथि व्यापक छलफल गरौं भन्ने प्रस्ताव राखीरहनुभएको बेलामै काठमाडौं महानगरका प्रमुखज्यू जुरूक्क उठ्नुभयो र मैले बोल्न नपाउने भन्नुभयो। बैठकका अध्यक्षज्यूले मेयर फोरमको सचिवालयले ऐजेण्डा निर्धारण गरेको र पहिला ऐजेण्डामाथि नै प्रवेश गरौं त्यसपछि बोल्ने हो, बोल्न नदिने भनेकै छैन भन्नुभयो। लगत्तै काठमाडौं महानगरका मेयरज्यू बोल्न नदिने भन्दै छिटोछिटो बैठक हलबाट बाहिरिनुभयो।

बैठक ऐजेण्डामा प्रवेश भयो। नेपवेष्टले आफ्नो प्रस्तुति दिएपछि घनिभूत छलफल भयो। सबै प्रमुख, उपप्रमुखले नेपवेष्टको आधिकारिकता, त्यसमाथि उठिरहेको आशंका, प्रश्न र योजना कार्यान्वयनको विश्वसनीयता, लगानी आदिमाथि धेरै प्रश्नहरू गर्नुभयो। नेपवेष्टमाथि सबै पालिकाका प्रतिनिधिले यस्तरी सिधै प्रश्न एवम् प्रस्तुति गरि अन्तरक्रिया गर्न पाएको यही अवसर रहेछ। नेपवेष्ट भने काठमाडौ महानगरसँगको समन्वयमा मात्रै आफूलाई निर्धारण गरिरहेको रहेछ। नेपवेष्टले पनि बिस्तृत रूपमा काठमाडौ उपत्यकाभरिका सबै पालिकामा आफ्नोे कुरा राख्ने एकपटक अवसर खोजेको रहेछ। त्यहीँ त्यही बेलामा हामी धेरैले यो कुराको विषयमा जानकारी पायौं।

बैठकमा प्रस्तुति र प्रश्नहरू मात्रै भयो, निर्णय सिफारिश केही गरिएको छैन। १३ वर्षसम्म अल्झिएको जटीलताको विषयमा सुसूचित मात्रै हुने काम भयो।

तर मेयर बालेन्द्र शाहज्यूले यो बैठकको विषयलाई लिएर दिनुभएको आपत्तिजनक अभिव्यक्तिप्रति उक्त बैठकको मात्र साक्षी एवम् जिम्मेवार सदस्यको हैसियतले खेद प्रकट गर्दछु। बैठकको न्यूनतम मर्यादा पालना नगर्ने, गर्नै नपर्ने अवस्था सृजना गरिदिई सबै चोर, देश बेचुवा, काठमाडौ विक्रीमा छैनु जस्तो विकृत अभिव्यक्ति दिने छुट वहाँले कतिञ्जेल पाइरहने ? नेपवेष्टसँगको विषय टुङ्ग्याउन स्वयं काठमाडौ महानगर वढी जिम्मेवार हुनुपर्ने बुझियो। तर महानगर प्रमुखज्यूको यस्तो अराजक गैर जिम्मेवार स्टन्ट मात्रै कतिञ्जेल हेरिरहने, सुनिरहने ?

निजी कम्पनीको पैसामा बैठक चलाएको आरोप
मेयर बालेन शाहले उक्त बैठक बहिष्कार गरेयता उनले सामाजिक सञ्जालमार्फत कुनै निजी कम्पनीको पैसा खाएर बैठक बसाएको आरोप लगाएका छन्।

उनले निजी कम्पनीको पैसा खाएर बसाएको बैठकमा काठमाडौं महानगर बस्न नसक्ने भएकाले बहिस्कार गरेको बताएका छन्।

पैसा खाएर बैठक बसेकाले बहिस्कार गरेको भन्दै उनले भने, ‘१७ वटा नगरपालिकाले कुनै निजी कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिष्कार गरेको हो। कसैको अपमान गरेको होइन।’

उनले नेताहरुले देश नै बेच्न खोजे पनि काठमाडौं महानगरपालिका बिक्रीमा नरहेको उल्लेख गरेका छन्। पूरा देश नै बेचेको खण्डमा पनि काठमाडौं एक्लै नेपाल भनेर उभिने उले बताएका छन्।

‘नेताज्यूहरुले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन। तपाईंहरुले पुरै देशनै बेच्नुभो भने पनि, काठमाडौं एक्लै नेपाल भनेर उभिनेछ,’ उनले भनेका छन्।

प्रकाशित: २०८० कार्तिक १६ गते बिहिबार ०२:०५
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना