२०८३ कार्तिक १२ गते बुधबार

महिना दिनदेखि दुई छोरी र श्रीमती कुरिरहेका बा

 |  जोन डोनिसन
Sanket

जोन डोनिसन

काठमाडौँ, कार्तिक १६
hamas
हमासले बन्धक बनाएका श्रीमती र दुई छोरी फर्कने आशमा ३७ वर्षीय योनी (दायाँतर्फ) वायाँतर्फ उनकी श्रीमती र दुई छोरी।

घरको बगैँचामा बिहानको घाममा खजुरका रूखहरू बीचमा योनी आशेरले मलाई एउटा भिडियो देखाए।

उक्त भिडियो उसका सानासाना दुई छोरीहरूको रहेछ। ओछ्यानमा बसिरहेका थिए। भिडियोमा उनीहरुले ‘ह्याप्पी बर्थडे टु यू’ गीत गाइरहेका थिए।

ठूली छोरीको नाम राज हो। उनको लामो कपाल छ। गोरो वर्णकी उनको उमेर चार वर्ष भयो। अविव उनकी बहिनी हुन्। उनी अलि कालो वर्णकी छन्, बुबा जस्तै। उनको उमेर दुई वर्ष मात्र भएको छ।

‘गत जुलाईमा उनीहरूले मेरो जन्मदिनमा ह्याप्पी बर्थडे टुयू भन्दै भिडियो बनाएका थिए,’ योनीले भने।

यो भिडियो बनेको चार महिनापछि ३७ वर्षीय बाबु योनी एक्लै छन्।

आमा डोरोनसँगै दुवै छोरीहरूलाई हमास समूहले यतिबेला बन्धक बनाएको छ। अक्टोबर ७ मा अप्रत्यासित रूपमा हमास समूहले क्रस बोर्डर आक्रमण गरेको थियो। उक्त आक्रमणमा कैयौँलाई मारेको हमास समूहले केहीलाई बन्धक बनाएको छ। गाजामा बन्दी बनाइएका २४० मध्ये उनीहरूको उमेर सबैभन्दा सानो भएको विश्वास गरिएको छ।

‘बिदाको समयमा उनीहरू हजुरआमालाई भेट्न निर ओजमा गएका थिए,’ योनी भन्छन्।

इजरायली क्षेत्र किबुज गाजा क्षेत्रबाट दुई माइल मात्र टाढा छ। यो आक्रमणबाट सबैभन्दा नराम्रोसँग प्रभावित क्षेत्र किबुज हो। किबुजमा बस्ने चार जनामध्ये एक जनालाई हमासले मारेको वा अपहरण गरेको विश्वास गरिएको छ।

त्यो दिन (अक्टोबर ७ मा) योनी परिवारसँग थिएनन्। परिवार हजुरआमालाई भेट्न किबुज गएपनि योनी भने एक सय माइल टाढाको घरमा थिए।

Aviv pictured holding tinsel

योनीकी दुई वर्षीया छोरी अविव।

उनको परिवारलाई हमासले अपहरण गरेको पहिलो पुष्टि गाजाभित्रबाट टिकटकमा पोस्ट गरिएको भिडियोमा आयो। योनीले उक्त भिडियो पनि देखाए।

पाँच-सेकेन्डको क्लिपमा योनीकी पत्नी डोरोनलाई देख्न सकिन्थ्यो। उक्त भिडियोमा रात समयमा सुत्नका लागि लगाएको लुगामा नै डोरोन थिइन्। हमास बन्दुकधारीहरूले घेरिएको अवस्थामा भिडियो खिचिएको छ।

भिडियोमा राज गुलाबी समर ड्रेसमा छन्।

‘त्यो अविवको हात हो,’ योनीले भने। उनी आफ्नी आमातर्फ पाँचवटा स-साना औंलाहरू देखाउँदै छिन्।

यो तीन हप्ता भन्दा बढी अघिको भिडियो थियो।

योबीचमा योनीले आफ्नो परिवारलाई देखेको/सुनेको छैन। तिनीहरूको हजुरआमा इफरात काट्ज मृत फेला परेकी थिइन्। उनका पार्टनर गाडी मोजेस पनि सम्पर्कविहीन छन्।

‘यस्तो अवस्थालाई परिभाषित गर्ने एक मात्र शब्द नरक हो,’ योनी भन्छन्, ‘नरकको परिभाषा यही हो। मेरो परिवारले के खाइरहेको छ भन्ने थाहा नभएको बेला म कसरी खान सक्छु? चिसो वा धेरै तातो छ भनेर थाहा नभएको बेला कसरी सुत्न सक्छु? एउटा बुबाको रूपमा, यदि तपाईंले आफ्ना छोराछोरीहरूलाई ओछ्यान वा सोफामा हाम फालेको देख्नुभयो भने पनि तपाईं चिन्ता गर्नुहुन्छ कि तिनीहरू टाउको ठोकिन्छ कि भनेर। त्यसैले, कल्पना गर्नुहोस् कि म यो अवस्थामा कस्तो महसुस गर्छु। सबै कुरा मलाई डरलाग्दो छ।’

अहिलेको लागि योनीसँग सबै सम्झना मात्र बाँकी छन्। परिवार घरभित्र, उनीहरूका सम्झना जताततै छन्। भित्तामा तस्बिरहरू कोरेका छन् र बालबालिकाको तस्बिरहरू छन्। भित्तामा रातो रङमा स-साना हातका छापहरू छन्।

‘उनीहरू यस्ता ड्रइङ कोर्न मन पराउँथे। यो चाहिँ मैले हजुरको लागि गरिदिएको हो,’ ठूली छोरी राजले भनेकी थिइन्। त्यही तस्बिर देखाउँदै राज अहिले उनलाई सम्झन्छन्। ‘यो सुपरहीरो हो,’ उनले भनेकी थिइन्।

उनीहरूको खेलौनामा भान्सा पनि थियो। त्यही खेलौनाका भान्सामा छोरीहरूले “सधैं मेरो लागि खाना पकाउने खेल खेल्न मन पराउँथे,’
योनीले विस्तार लगाइरहे।

साना जुत्ताहरूको हार पुस्तकहरू बीच लाइनमा राखिएको छ।

‘मैले कोलाहल हुने खेलौनाहरूबाट सबै ब्याट्रीहरू निकाल्नुपर्‍यो,’ उनी भन्छन्, ‘तिनीहरू ऊर्जाका स-साना बलहरू थिए। घरमा तीन जना महिलाहरू भएकाले कुनै एक पुरुषका लागि हल्लीखल्लीको कुनै कमी थिएन। पर्याप्त आवाज थियो,’ योनीले मुस्काउँदै भने।

Raz, the eldest daughter, smiles to camera

योनीकी चार वर्षीया छोरी राज।

मैले गाजाको पीडाबारेमा उनलाई सोधेँ। गाजामा लगभग एक महिनादेखि इजरायली बमबारी भइरहेको छ। संयुक्त राष्ट्रले हजारौं बालबालिका मारिएका वा घाइते भएको बताएको छ।

“बालबालिका बालबालिका नै हुन्। उनीहरू कुन देशका हुन् भन्ने कुराले कुनै फरक पर्दैन,’ उनी भन्छन्, ‘बालबालिकाहरू युद्धको सीमाभन्दा टाढा हुनुपर्छ। मेरा शत्रुका सन्तानलाई पनि म घृणा गर्न सक्दिनँ। तपाईं कसरी बच्चालाई घृणा गर्न सक्नुहुन्छ!’

मैले उनीसँग हमासले सार्वजनिक गरेका भिडियो (बन्धक)हरूको बारेमा पनि जिज्ञासा राखेँ।

‘यस्ता भिडियो हेर्न सहज हुँदैन,’ योनी जवाफ दिन्छन्। ‘उनीहरू अपहरणमा परेकाहरू हुन्। तिनीहरू (हमास)ले मनोवैज्ञानिक लडाइँका लागि बन्धक बनाएका हुन्। त्यसकै फाइदा उठाइरहेका छन्।’

३७ वर्षको उमेर गुजारेका योनीलाई आफ्नो जन्म भएपछिका इजरायली र प्यालेस्टिनीहरूबीचको द्वन्द्वबारे जानकारी छ। त्यहाँभन्दा अघिको द्वन्द्वबारे उनका आमाबाबुलाई थाहा थियो।

तर उनका लागि ७ अक्टोबर सबैभन्दा खराब क्षण हो। ‘यो प्रलयको दिन हो,’ उनी भन्छन्। उनी निशब्द बन्छन्।

‘मलाई थाहा छ यो कठोर शब्द हो। तर त्यो दिन यहुदी र इजरायली जनताको इतिहासमा देखेको सबैभन्दा खराब दिन थियो,’ उनले मसँग भने,’हामीसँग अर्को विकल्प छैन। यो मेरो आफ्नै व्यक्तिगत मामला जस्तै हो। कि यो लडाइँ लड्ने हो कि यतिकै छोड्ने हो।’

हामी पुन जाग्नेछौँ। पुनः जाग्न धेरै गाह्रो छ। मलाई विश्वास छ, दीर्घकालमा हामी पुन: जागेका हुनेछौँ। विजय हुनेछौँ।’

यद्यपि अहिलेको लागि योनीले गर्न सक्ने भनेको प्रतीक्षा मात्र हो। आशा गर्नु र कुर्नु। अनि आफ्नो परिवारको पीडा सुनाउनु मात्र हो।

प्रकाशित: २०८० कार्तिक १६ गते बिहिबार ०४:०७
प्रतिक्रिया

थप समाचार

विद्युत् व्यापार आशयपत्रको स्वागत गर्दै इप्पानले राख्यो चार माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना