काठमाडौं– भारतमा जारी आईसीसी वान डे विश्वकप क्रिकेट प्रतियोगितामा अन्तर्गत भएको खेलमा भारतका सामु श्रीलंकाले शर्मानक हार बेहोरेको छ।
३५८ रनको विशाल लक्ष्य पाएको श्रीलंका ५५ रनमै अलआउट हुन पुग्यो। टस जित्दै श्रीलंकाले फिल्डिङ रोज्दै भारतलाई ब्याटिङको निम्तो दिएको थियो।
भारत विराट कोहली, शभमन गिल र श्रेयस यय्यरले विस्फोटक ब्याटिङ गर्दै ३५७ रनको विशाल स्कोर खडा गरेका थिए। जवाफी ब्याटिङमा उत्रिएको श्रीलंका १९ दशमलव ४ ओभरमै अलआउट हुँदै ५५ रनमै सिमित हुन पुग्यो।
श्रीलंकाका लागि एंगेलो म्याथ्यूज १२ कुशन रजिथा १३ र महेश थाकसनाले १२ रन बटुल्नुबाहेक अन्य ब्याटर चल्न सकेनन्। श्रीलंकाका पाँच ब्याटर त खाता न खोल्न नसकेर पेविलियन फर्किएका थिए।
श्रीलंकालाई ५५ रनमै समेट्ने क्रममा भारतका मोहम्मद समीले सर्वाधिक ५, मोहम्मद सिराजले ३ तथा जसप्रीत बुमराह र रवीन्द्र जडेजाले एक/एक विकेट लिए।
रवीन्द्र जडेजाले ३५ रन जोड्दा केएल राहुलले २१, सुर्याकुमार यादव १२, कप्तान रोहित शर्मा चार रनमा आउट भए। यस्तै मोहम्मद सिराज २ रनमा आउट हुँदा जसप्रित बुमराह १ रनमा नटआउट रहे।
श्रीलंकाका लागि दिलशन मधुशांकाले सर्वाधिक ५ विकेट लिए भने दुशमन्था छमीराले एक विकेट लिए। पहिलो ओभरको दोस्रो बलमै भारतीय कप्तान रोहित शर्मालाई आउट गरेको श्रीलंकाले त्यसपछि भने लामोसमय विकेट निकाल्न सकेन। शुभमन गिल र विराट कोहलीको उत्कृष्ट पारीमा भारतले विशाल स्कोर खडा गरेको हो।


