काठमाडौं–टी–२० विश्वकप छनोट खेलमा युएईको २ विकेट पतन भएको छ। नेपालले एकै ओभरमा यूएईको दुई विकेट गिराएको हो। सोमपाल कामीको बलमा कप्तान मोहमद वासिम र अर्का ओपनर खालिद साह आउट भए।
मुलपानी मैदानमा जारी रहेको खेलमा नेपालले टस हारेर फिल्डिङ गरिरहेको छ। यो खेल जित्ने टिम अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा छनोट हुनेछ।


