काठमाडौं– टी–२० विश्वकप छनोट खेलमा यूएईको तेस्रो विकेट पतन भएको छ। नेपालले १० ओभरमा तेस्रो विकेट चट्काएको हो। सन्दीप लामिछानेले आरिफ खानलाई आउट गरेका हुन्। यसअघि नेपालले एकै ओभरमा यूएईको दुई विकेट गिराएको थियो। सोमपाल कामीको बलमा कप्तान मोहमद वासिम र अर्का ओपनर खालिद साह आउट भएका थिए।
मुलपानी मैदानमा जारी रहेको खेलमा नेपालले टस हारेर फिल्डिङ गरिरहेको छ। यो खेल जित्ने टिम अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा छनोट हुनेछ।


