काठमाडौं– टी–२० विश्वकप छनोट खेलमा यूएईको चौथो विकेट गएको छ। १३.४ ओभरमा कुशल मल्लले अलिसान सराफूलाई आउट गराए। यसअघि नेपालले १० ओभरमा तेस्रो विकेट लिएको थियो।
सन्दीप लामिछानेले आरिफ खानलाई आउट गराएका थिए। त्यसअघि नेपालले एकै ओभरमा यूएईको दुई विकेट गिराएको थियो। सोमपाल कामीको बलमा कप्तान मोहमद वासिम र अर्का ओपनर खालिद साह आउट भएका थिए।
मुलपानी मैदानमा जारी रहेको खेलमा नेपालले टस हारेर फिल्डिङ गरिरहेको छ। १३ ओभरको खेल सकिँदा यूएईले ४ विकेट ९० रन बनाएको छ। यो खेल जित्ने टिम अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा छनोट हुनेछ।


