काठमाडौं– शुक्रबार मध्यरातमा गएको भूकम्प पिडितका लागि नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले राहत कोष स्थापना गरेको छ।
भूकम्पबाट प्रभावित जाजरकोट र रुकुमपश्चिमका पिडितलाई राहत दिन नेविसंघले कोष स्थापना गर्ने निर्णय गरेको छ। केन्द्रीय सदस्य टेकराज अवस्थीका अनुसार कोषमा ७ लाख ११ हजार रुपैयाँ संकलन हुने निश्चित भएको छ।
नेविसंघले प्रत्येक केन्द्रीय सदस्यसँग १ हजार रुपैयाँका दरले रकम संकलन गरेर कोष स्थापना गरेको हो। एकहजार भन्दा बढी सहयोग गर्न इच्छुकहरुसँग थप रकम संकलन गर्ने तयारी नेविसंघको छ।


