काठमाडौँ- विनोद कुँवर नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जाजरकोट भूकम्पबाट प्रभावितको राहात तथा उद्धार कार्यमा संलग्न हुन तथा सहयोग सबैमा अपील गरेको छ। संघका अध्यक्ष विनोद कुँवर तथा महासचिव जानकी गुरुङले शनिबार एक विज्ञप्ति जारी गर्दै विश्वभर फैलिएर रहेका राष्ट्रिय समन्वय परिषद्हरु तथा सहयोगी मनहरुलाई यस कार्यमा सहयोग गर्न यस्तो अपील गरेका हुन्।
जारी विज्ञप्तिमा भूकम्प गएकाे स्थलकाे अध्ययन गरेपछि आवश्यकता बमोजिम राहतकाे जाेहो गरिने प्रतिवद्धता पनि उल्लेख गरिएको छ। भनिएको छ ‘यस दुःखद घडीमा गैरआवासीय नेपाली संघ अन्य सहयोगी संस्थाहरुको सहकार्यमा स्थलगत अध्ययन गरी केकस्ता सहयोग तथा उद्धार गर्दा बढी प्रभावकारी हुनुका साथै स्थानिय आवश्यक्ता पूरा गर्न सकिन्छ सोहि अनुसार रहात तथा उद्धार कार्यमा संलग्न हुनेछ र विश्वभर फैलिएर रहेका राष्ट्रिय समन्वय परिषद्हरु तथा सहयोगी मनहरुलाई यस कार्यमा सहयोग गर्न संघ अपिल गर्दछ।’
विज्ञप्तिमा भूकम्पमा परि निधन भएका सम्पूर्ण प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाईते भएकाहरुको शीघ्र स्वास्थ लाभको कामना गरिएको छ ।



