काठमाडौं – नेपाली महिला फुटबल टिमका प्रशिक्षक अनन्त राज थापाले भियतनामविरुद्ध खेल्ने नेपालको सुरुआति ११ निर्धारिण गरेका छन्। आज साँझ छ बजेबाट दशरथ रंगशालामा हुने खेलका लागि उनले नेपाली महिला टिमको प्लेइङ ११ निर्धारण गरेका हुन्।
पेरिस ओलम्पिक छनोट अन्तर्गत आज नेपालले पहिलो खेल खेल्दै छ। सो खेलमा नेपाली टिमको कप्तानी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाले गर्नेछिन्। त्यस्तै नेपाली टिमको डिफेन्समा विमला विके, समिक्षा घिमिरे, अमृता जैशी र हिराकुमारी भुजेल रहेका छन्।
नेपाली टिमको फरवार्ड लाइन अमिषा कार्की, रश्मी कुमारी घिसिङ र सावित्रा भण्डारीले सम्हाल्नेछन्।
त्यस्तै, सरु लिम्बू, दिपा शाही र अनिता केसीले मिडफिल्डको जिम्मेवारी सम्हाल्नेछन्। नेपाली टिमकी मिडफिल्डर रेणुका नगरकोटेले भने सुरुमा अवसर पाएकी छैनन्।


