काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो पूर्वनिर्धारित युरोप भ्रमण स्थगित गरेका छन्।
जाजरकोट भूकम्पका कारण मुदुकको परिस्थिती अनुकुल नभएको भन्दै पौडेलले यूरोप भ्रमण स्थगित गरेका हुन्।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले पौडेलको भ्रमण स्थगित गरेको पुष्टि गरे।
राष्ट्रपति पौडेल २२ कात्तिकमा फ्रान्स जाने कार्यक्रम थियो। उनले जर्मनी र इटाली भ्रमण गर्ने तय भएको छ।


