काठमाडौं- युनिलिभर नेपालले भुकम्प पिडितहरुलाई राहत प्रदान गरेको छ । युनिलिभर नेपालले पश्चिम नेपालको जाजरकोट र पश्चिम रुकुममा भुकम्पबाट प्रभावित जन समुदायहरुका लागि सहायता सामग्री हस्तान्तरण गरेको छ ।
युनिलिभर नेपालले हर्लिक्स, सुप, औषधी र औषधोपचार सामग्री, ७०० थान् ब्ल्याँकेटहरु, २५० थान पालहरु र स्थानीयरुपमा खरिद गरिएका थप खाद्यान्नहरु जाजरकोट र रुकुम जिल्लामा वितरण गरेको छ । युनिलिभर नेपालले स्थानीय निकायहरु, संघसंस्थाहरु, संगठनहरु र समुदायहरुसंग समन्वय गरेर राहत सामग्री वितरणको कार्य प्रभावकारी ढंगले गरिरहेको छ ।
नेपाल संकटको समयमा राष्ट्रलाई आवश्यक सहयोग गर्न, विपदजन्य सहयोगमा योगदान पु¥याउन र समुदायहरुको पुनःनिर्माणमा सहायता प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।


