२०८३ कार्तिक २२ गते शनिवार

बीपी प्रतिष्ठानको आन्दोलन स्थगित, सहमतिमा दलले पनि खोजे भाग!

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

धरान, कार्तिक २१
bp_dharan

धरान- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक/कर्मचारीको आन्दोलन स्थगित भएको छ। बढुवासम्बन्धी रोकिएका काम यथाशीघ्र सुरु गर्न माग गर्दै आन्दोलनमा उत्रिएका कर्मचारीसँग राजनीतिक दलसमेतको उपस्थितिमा सहमति जुटाइएको हो।

आइताबार रातभर बसेको बैठकपछि सोमबार सहमति भएको शिक्षक कल्याण समाजका अध्यक्ष डा सेराज अहमद खानले बताए।

पदाधिकारी र आन्दोलनरत चिकित्सकबीचको सहमतिमा तीन बुँदा छन्। सहमतिमा ०७२ पुस २० मा साथै ०७२ माघ २४ गते करार सेवाका लागि प्रकाशित विज्ञापनबमोजिम आवश्यक प्रकृया पुर्‍याई अन्तर्वार्ता हुन बाँकी शिक्षक पदको अन्तर्वाता आगामी पुष २ गतेदेखि सुरु गरी पुष १५ गते सम्ममा सम्पन्न गरी एक महिनाभित्र नतिजा प्रकाशन गर्ने सहमति छ।

सहमतिपत्रमा शिक्षक कल्याण समाजका तर्फबाट १२ शिक्षक चिकित्सक, प्रतिष्ठानका तर्फबाट उपकुलपति प्राडा प्रह्लाद कार्की, रजिस्ट्रार सूर्यप्रसाद संग्रौला, अस्पताल निर्देशक जगतनारायण प्रसाद, प्रतिष्ठानका कार्यकारिणी सदस्य प्राडा स्मृति कार्कीको हस्ताक्षर छ। धरानका नगर प्रमुख हर्कराज राई आमन्त्रित सदस्यका रुपमा उपस्थिति थिए।

प्रतिष्ठानमा हाल करारका शिक्षक झण्डै ५० जना छन्। करारको प्रत्येक वर्ष सम्झौता हुने गरेको छ। विगत ७ वर्षदेखि प्रतिष्ठानका शिक्षकको पदोन्नति हुन सकेको छैन भने कर्मचारी १५ वर्षदेखि बढुवामा परेका छैनन्।

शिक्षकसँग वार्ता सफल भएपछि कर्मचारीसँगपनि पदाधिकारीले छलफल गरेका थिए। कर्मचारीसँग चार बुँदे सहमति भएको छ।

सहमतिमा कर्मचारी कल्याण समाजका पदाधिकारी र प्रतिष्ठान पदाधिकारीका साथै राजनीतिक दलका नेताहरूको पनि हस्ताक्षर छ। शिक्षक चिकित्सकसँगको वार्तामा धरानका मेयर हर्क साम्पाङको हस्ताक्षर सार्वजनिक भएपछि राजनीतिक दलका नेताहरू वार्तास्थल पुगेका थिए। यसपछि उनीहरूले पनि सहमतिमा हस्ताक्षर गरे।

हस्ताक्षर गर्ने नेतामा एमालेकी नेतृ मञ्जु भण्डारी, नेपाली काङ्ग्रेसका धरान नगर सभापति श्याम पोखरेल, एमाले धरान अध्यक्ष हर्कजंग एभेङ्ग, माओवादी केन्द्रका धरान अध्यक्ष सूर्यबहादुर भट्टराई र जसपा अध्यक्ष ताजुब लिम्बू, नेकपा एसका धरान अध्यक्ष रेवतीरमण राईलगायतको हस्ताक्षर छ। उक्त सहमतिमा धरान-१८ का वडाध्यक्ष नरेन्द्रकुमार राईको पनि हस्ताक्षर छ।

बीपीमा कर्मचारीको बढुवाका लागि प्रक्रिया सुरु भएपनि बीचमा रोकिएको थियो। स्थायीका लागि अन्तर्वार्ता हुन बाँकी सबै कर्मचारीहरुको अन्तर्वार्ता २०८० पुष ०१ गतेदेखि शुरु गरी मिति २०८० पुष मसान्त सम्ममा सम्पन्न गर्ने सहमति भएको छ। अन्तर्वार्ता सम्पन्न भएपछि एक महिनाभित्र नतिजा प्रकाशन गर्ने पनि सहमतिमा उल्लेख छ।

करार सेवाको कर्मचारीहरुको अन्तर्वार्ता मिति २०८० मङ्सिर १ देखि सुरु गरी मंसिर महिना भित्रै सम्पन्न गर्ने सहमति भएको छ।

प्रकाशित: २०८० कार्तिक २१ गते मङ्गलबार ०७:४२
प्रतिक्रिया

थप समाचार

हेटौँडामा तिहारलक्षित मेला, स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड

तिहार सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ। यही अवसरमा स्थानीय उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको हेटौँडामा तिहारलक्षित मेला आयोजना...

तिहारमा पैसाको व्यवस्थापन कसरी गर्ने? आम्दानी र खर्च सन्तुलित राख्ने ७ उपाय

विशेषगरी निश्चित आम्दानी भएका कर्मचारी, व्यवसायी, विद्यार्थी तथा गृहिणीले चाडपर्वको समयमा आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ।

तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन नेपाल विद्युत प्राधिकरणको विशेष तयारी

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ। उज्यालोको पर्व तिहारमा विद्युत...

जाइकाले सुरु गर्‍यो वीपी राजमार्गको पुनर्निर्माण

काभ्रेपलाञ्चोक: प्राकृतिक विपदबाट क्षतिग्रस्त वीपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनःनिर्माणको काम सुरु गरेको छ। सो खण्डसँगै...

२८ उजुरीमाथिको सुनुवाइपछि सर्वोच्चमा सिफारिस चारै न्यायाधीशको नाम स्वीकृत

काठमाडौँ: सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। सिंहदरबारमा शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना