गाजा पट्टी- इस्लामिक समूह हमासले ७ अक्टोबरमा इजरायली क्षेत्रमा आक्रमण गरेपछि इजरायलले गरेको आक्रमणमा १० हजार भन्दा व्यक्तिको मृत्यु भएको छ।
यो बीचमा इजरायललले प्यालेस्टिनी भूमिमा बमबारी जारी राखेको छ। सोही बमबारीमा परी मृत्यु हुनेको सङ्ख्या १० हजार नाघेको हो।
गाजास्थित प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–किद्रेहले पत्रकार सम्मेलन गरी १० हजार २२ जनाको मृत्यु भएको जानकारी दिए।
इजरायली सेनाले गरेको भीषण बमबारीमा आइतबार र सोमबारमा कम्तीमा २९२ जना प्यालेस्टाइनीको मृत्यु भएको उनले बताए।
मन्त्रालयका अनुसार गाजामा युद्ध सुरु भएयता मारिनेमा चार हजारभन्दा बढी बालबालिकासहित अधिकांश सर्वसाधारण छन्।
गाजा क्षेत्रमा अक्टोबर ७ मा हमासले गरेको आक्रमणका कारण दक्षिणी इजरायलमा एक हजार ४०० जनाको मृत्यु भएको इजरायली अधिकारीहरूले बताएका छन्।


