काठमाडौं– बाजुरालाई केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्याह्न १२ बजेर ५८ मिनेट भूकम्प गएको हो।
केही समय यता बाजुरामा ४ म्याग्निच्युडभन्दा ठूला भूकम्पका धक्का गइरहेका थिए। केही महिना अघि बझाङमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो। गत शुक्रबार मध्यरातमा जाजरकोटमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो।


