काठमाडौं- सूर्य नेपाल प्रालिले आफ्नो व्यवसायिक सामाजिक दायित्वअन्तर्गत भूकम्पका कारण जाजरकोट, रुकुमलगायतका जिल्लाहरुमा जनधनको व्यापक क्षति भएकोमा तत्काल उद्दार, राहात तथा पिडितहरुको पुनस्र्थापनामा मद्दत पुर्याउन.१ करोड ४० लाख सहयोग गरेको छ ।
१ करोड रुपैँया प्रधानमन्त्री दैबीप्रकोप राहात कोषमा जम्मा हुने गरी आजै कम्पनीका प्रबन्ध निर्देशक रवी रायवरम, भाइस प्रेसिडेन्ट रवी केसि, विकास भुत्रा,दिप्रालाहिरी र वित्त प्रवन्धक प्रेम अर्यालको टोलीले प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेको छ ।
कम्पनीले थप ३५ लाख बराबरको खाद्यान्न, टारपाउलिन र ब्ल्याङ्गकेटहरु जाजरकोट पठाइसकेको छ । साथै रु.५लाख बराबरको औषधीवीर अस्पतालको प्रभावित क्षेत्र तर्फ जाने टोलीलाई हस्तान्तरण गरिसकेको सूर्य नेपाल प्रालिले आधिकारीक जानकारी गराएको छ ।


