काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको विकासमा भारतीय सहयोग महत्वपूर्ण रहेको बताएका छन्। मंगलबार मन्त्री डा. महतले त्रिविवि शिक्षण अस्पतालको मङ्गलादेबी बर्थिङ सेन्टरको उद्घाटन गर्दै यस्तो बताएका हुन्।
‘मंगलादेवीको नाममा बर्थिङ सेन्टर स्थापना हुनु खुशीको कुरा हो। नेपाल–भारत सहयोगअन्तर्गत स्मल ग्रान्ट परियोजनाअन्तर्गत २० वर्षदेखि लगातार भारत सरकारले नेपालको महत्वपूर्ण क्षेत्रमा सहयोग गर्दै आएको छ,’ मन्त्री महतले भने।
पुनर्निर्माणको ऋण तिर्ने बेला भएको छ, कर्मचारीको तलबभत्तासँग सँगै सामाजिक सुरक्षाभत्तामा ठूलो रकम खर्च हुने गरेकाले पूँजीगत खर्च कम भएको उनको भनाइ छ।


