काठमाडौं- साउदी प्रो लीग क्बल अल इत्तिहादले प्रशिक्षक नुनो स्प्रिटो सान्तोलाई बर्खास्त गरेको छ। चालु सिजनमा टिमले निराशाजनक प्रदर्शन गरेपछि क्लबले उनलाई बर्खास्त गरेको हो।
टोटनहमका पूर्व प्रशिक्षक समेत रहेका उनको स्टार खेलाडी करिम बेन्जिमासँग मनमुटावको स्थिती थियो। लगातार हारपछि उनी र बेन्जिमाबीचको सम्बन्ध चिसिएको थियो।
पोर्चुगिज प्रशिक्षक सान्टोको टोली एएफसी च्याम्पियन्स लिगो समूह चरणमा अल-कुवा अल-जुवियासँग पराजित भएको थियो। यस्तै प्रो लिगमा पछिल्ला ५ खेलमा इत्तिहादले जित निकाल्न सकेको थिएन।
इत्तिहादले यो सिजनमा बेन्जिमासँगै चेल्सीका पूर्व मिडफिल्डर एनगोलो कान्टे, सेल्टिकका पूर्व विंगर जोटा र लिवरपूलका पूर्व मिडफिल्डर फाविन्हो जस्ता प्रतिभाशाली खिलाडी भित्र्याएको थियो।
अल-कुवा अल-जुवियासँगको पराजयपछि सान्तो ड्रेसिङरुपमा भड्किएका थिए। सोही कारण उनी र बेन्जिमाबीच एकअर्काको अपमान गर्दै आरोप प्रत्यारोप चलेको थियो।
सान्टोलाई बर्खास्त गरेको इत्तिहादले लोरेन्टो ब्लैंकलाई प्रशिक्षक नियुक्त गर्न सक्ने बताइएको छ।


