काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावित जनताका लागि एक महिनाको तलब बराबरको रकम उपलब्ध गराउने भएका छन्। पौडेलको सचिवालयका अनुसार उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा हुनेछ।
जाजरकोट केन्द्र बनाएर गएको भूकम्पबाट प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि राष्ट्रपति पौडेलले सो रकम प्रदान गर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
गत शुक्रबार जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी हालसम्म १५३ जनाको मृत्यु भइसकेकाे छ। राष्ट्रपति पौडेलले भूकम्प प्रभावित क्षेत्रको भ्रमण समेत गरिसकेका छन्।


