काठमाडौं- अघिल्लो शुक्रबार जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पका पीडिलाई प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब दिने भएका छन्। विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब भूकम्प पीडितलाई दिने निर्णय भएको हो।
सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार प्रधानमन्त्री र मन्त्रिपरिषदका सदस्यहरुको एक महिनाको पारिश्रमिक भूकम्प पीडित राहत कोषमा जम्मा हुनेछ।


