काठमाडौं- फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम आज यूएई प्रस्थान गर्दैछ।
नेपाली राष्ट्रिय फुटबल टोली आज दिउँसो ३ बजे युएई प्रस्थान गर्न लागेको हो। यसअघि शुक्रबार नै अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्यीय टोलीलाई बिदाई गरेको थियो । आइतबार जाने टिमका दुई खेलाडी रोहित चन्द र मनिष डाँगी भने सोझै दुबईमा टिममा सम्मिलित हुनेछ। ‘होम एन्ड अवे’ प्रणाली अनुसार नेपालले पहिलो लेग कात्तिक ३० गते घरेलु टोली युएईसँग दुबईमा खेल्दैछ। युएई जाने टोलीमा रक्षक योगेश गुरुङ, मिडफिल्डर निशान हमाल र फरवार्ड राजेश परियारले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। अभ्यासका क्रममा घुँडामा चोट लागेका अनुभवी रक्षक अनन्त तामाङ भने युएईविरुद्ध खेल्ने नेपाली टोलीमा सम्मिलित छैनन्।
नेपाली टोली
गोलकिपरः किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल
रक्षकः सनिश श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा, योगेश गुरुङ
मिडफिल्डरः लाकेन लिम्बु, उत्सव राई, कृतिशरत्न छुन्जु, मनिष डाँगी, सेहाङ आङ्देम्बे, निशान हमाल फरवार्ड: अन्जन विष्ट, आयुष घलान, गिलेस्पेजंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, राजेश परियार


