काठमाडौं– इन्डोनेसियामा जारी फिफा यू-१७ विश्वकप फुटबलमा ब्राजिलले शानदार जित दर्ता गराएको छ। विश्वकपको पहिलो खेलमा इरानसँग ३-२ गोलले पराजित भएको ब्राजिलले दोस्रो खेलमा भने गोलको वर्षा गराएको हो।
आज भएको समूह चरणको दोस्रो खेलमा ब्राजिलले न्यू क्यालेडोनिया विरुद्ध ९ गोल गरेको हो। ब्राजिलको जितमा काउवा इलियासले ह्याट्रिक गरे। रायनले २ गोल गर्दा इस्टेभाओ विलियन, हानरी साउसा, भिक्टोर रेइस र जाओ भिक्टर डे सेउवाले एक-एक गोल गरेका थिए।
यो जितसँगै ब्राजिल ३ अंक जोडेर समूहको दोस्रो स्थानमा उक्लिएको छ। समूहको शिर्ष स्थानमा इंग्ल्यान्ड छ। इंग्ल्यान्डले आजै इरानसँग खेल्दैछ।


