काठमाडौं– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा भारतले न्युजिल्यान्डलाई विशाल लक्ष्य दिएको छ। मुम्बईको वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेको भारतले न्युजिल्यान्ढलाई ३ सय ९८ रनको विशाल लक्ष्य दिएको हो।
निर्धारित ५० ओभरमा भारतले ४ विकेट गुमाएर ३ सय ९७ रन जोडेको थियो। भारतका लागि विराट कोहलीले ११७ रनको शतकीय पारी खेले। यस्तै श्रेयस अय्यरले १ सय ५ रन बनाए। यस्तै शुभमन गिलले ८०, कप्तान रोहित शर्माले ४७ र केएल राहुलले २० बलमा ३९ रन जोडे। सूर्यकुमार यादव भने १ रन बनाएर आउट भएका थिए।
न्युजिल्यान्डका टिम साउथीले ३ विकेट लिएका थिए।


