काठमाडौँ- महिला टी–२० सिरिजअन्तर्गत हङकङविरुद्ध ५ ओभरकै खेलमा नेपालले ५ विकेट गुमाएको छ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले धमाधम विकेट गुमाएको हो।
हङकङका तर्फबाट इक्रा सहरले नेपालका ३ विकेट लिइन्। उनले सम्झना खड्का, काजल श्रेष्ठ र इन्दु बर्मालाई आउट गराइन्। यस्तै मोरिका हिलले बिन्दु रावल र क्यारी चानले सीता राना मगरलाई आउट गराइन्।
५.१ ओभरको खेल सकिँदा नेपालले १८ रन जोडेको छ। खेल जारी छ।
चार देश सम्मिलित टी-२० शृङ्खलामा आयोजक हङकङसँगै, नेपाल तान्जेनिया र जापान सहभागी छन्।


