काठमाडौँ- युरोपेली संघ (ईयू)ले भूकम्पबाट प्रभावित नेपालीको राहतमा खर्च गर्न झन्डै २९ करोड सहयोग गर्ने भएको छ। इयूले मानवीय सहायतास्वरुप २८ करोड ८० लाख प्रदान गर्ने भएको हो।
आवास, शुद्धपेय जल, सरसफाइमा पहुँच सुनिश्चित गर्ने तथा स्वास्थ्यसम्बन्धी सेवाका निम्ति जाजरकोट भूकम्पपीडितलाई मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गर्ने निर्णय भएको नेपालस्थित युरोपेली सङ्घको प्रतिनिधिमण्डलले जानकारी दिएको छ।
अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघले नेपाल रेडक्रस सोसाइटीमार्फत मानवीय सहायता परिचालन गर्नेछ। युरोपेली मानवीय सहायता कोषबाट केही रकम नेपालका भूकम्पपीडितलाई उपलब्ध गराइएको हो।


