२०८३ कार्तिक २२ गते शनिवार

मिथिलामा छठको उल्लास

 |  गोपालप्रसाद बराल
Sanket

गोपालप्रसाद बराल

काठमाडौँ, मङ्सिर १
CDS_JANAKPUR_IMG_20231117_105410 (1)

जनकपुरः छठ पर्वले मधेशको मिथिला क्षेत्र अहिले धपक्क बलेको छ। यहाँका शहर र गाउँबस्ती सजिएका छन्। जलाशयमा बनाइएका चित्ताकर्षक घाट र त्यहाँको चहलपहलले सबैलाई आकर्षित गरेको छ। विभिन्न रङका कलात्मक बिजुलीको उज्यालोले मिथिला क्षेत्र जगमगाएको छ।

मिथिलाका बासिन्दा सडक, ढल सफा गर्न जुटेका छन्। गाउँ बस्तीका कच्ची घर पनि अहिले नयाँ माटोले लिपपोत गरिएपछि टिलिक्क भएका छन्। विपन्न वर्गमा दुःख भए पनि अहिलेलाई त्यो लुकेको छ। गाउँका गरिब अभाव, दुःख  र अन्य पीडा बिर्सेर खुसी साटी रहेका देखिन्छन्।

सूर्य र षष्ठी देवीको उपासना गरिने यो पर्वका लागि अहिले पवित्र जलाशयमा सुन्दर घाट बनाइएका छन्। जलाशयमा कम्मरसम्म डुब्ने पानीमा आसन जमाएर सूर्यलाई अर्घ्य दिइने परम्पराको यो पर्वमा घाटस्थलहरू सिङ्गारिएका छन्। बिहीबार  कात्तिक शुक्ल तृतीयाका दिन ‘अरबाअरबाइन’ विधिबाट पर्वको तयारी थालेका बर्तालुले आज शुक्रबार कात्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ विधि गरेका छन्। ‘नहाय–खाय’ विधि व्रत सङ्कल्पका लागि पवित्र स्नान गरेर चोखोनीतो खाएर व्रतको पूर्वतयारीसँग जोडिने यहाँका पाका मैथिल बताउँछन्।

पर्वको तयारीले मिथिला क्षेत्रका गाउँ नगर बस्तीमा सूर्य र छठी माताको भक्तहरूप्रति करुणा वर्षिएको भावका गीत लगातार गुञ्जीरहेका छन्। पर्व सुरु भएसँगै यस भेगका सबै दैनिक गतिबिधि पनि छठ केन्द्रित भएका छन्। यसले सम्पूर्ण परिवेश नै छठमय बनेको छ।

पर्वविशेषले सूर्यलाई अर्घ्य दिँदा देखाइने ठकुवा, भुसुवालगायत परिकार पकाउन आवश्यक सामग्रीको जोहोमा बर्तालु परिवार व्यस्त छन्। पर्वका लागि आवश्यक सामग्रीको जोहो हुँदैछ। पर्वको मुख्य दिन निराहार व्रत गरिने षष्ठी तिथि भए पनि त्यसपूर्व नै मिथिलाको सम्पूर्ण परिवेश छठमय बनेको छ। पर्वको तयारीमा रहेका बर्तालु मात्र नभएर मैथिल जनजीवनका सबैजसो गतिविधि पर्वकै तयारीमा केन्द्रित छन्।

छठपर्वमा उखु, केरा, अदुवा, बेसार, ज्यामिर, भोगटेसहितका कृषि उपज पूजा सामग्री मानिँदै आएका छन्। यसले थोरै जग्गा भएका गरिबले करेसाबारीमै उब्जाएका यी फसलले राम्रो बजार पाउने गरेका छन्। पर्वका अन्य आवश्यकता आफ्नो करेसाबारीका यिनै उपज बेचेर सजिलै पूरा गरिएको आफैँ पनि छठ व्रत गरेकी महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरकी हेमकली थारु बताउँछिन्।

काम गर्न टाढा पुगेका परिवारजन पर्वका लागि घर आएका छन्। पर्वले सबै परिवारजन र आफन्तसँग भेटघाट गराएको छ। यसअघिका जीवनमा भोगिएका सबै अभाव र दुःख बिर्सेर गरिब पनि आफ्नो क्षमताअनुसार पर्व मनाउन जुटेका छन्। छठको अर्को विशेषता घर परिवेशको स्वच्छता एवं शुद्धता रहेको यस भेगका बुढापाका बताउँछन्। ‘आर्थिक रूपमा कोही सम्पन्न वा कोही गरिब हुन सक्छन्,’ महोत्तरीको भङ्गाहा नगरपालिका–६ हतिसर्वा सङ्ग्रामपुरका बासिन्दा ६५ वर्षीय राजकिशोर यादव भन्छन्, ‘तर घर परिवेशको स्वच्छता र सरसफाइमा सबैले ध्यान दिएका छन्।’

पर्वको अर्को सामाजिक विशेषता आपसी मनोमालिन्य हट्नु र प्रेमभाव देखिनु रहेको छठ तयारीलाई नजिकबाट नियालेका अन्य फरक धर्मावलम्बीको बुझाइ छ। ‘एक ठाउँमा बसेपछि गृहस्थ जीवनमा ठाकठुक त कहिलेकाँही पर्छ,’ महोत्तरीको बलवा नगरपालिकाको रौजाका इस्लाम धर्मावलम्बी मन्सुल कवारी भन्छन्, ‘तर छठ पर्वको तयारी सुरु भएपछि बोल्न छाडेका छिमेकी पनि विनम्र भएर कुराकानी गर्ने गर्छन्।’

पर्वमा शुद्धता, स्वच्छता, श्रद्धा र निष्ठाको मूलभाव रहने भएकाले नै छठ पर्वभरि सामाजिक किचलो र झैझगडा पनि कम देखिने, सुनिने गरिएको महोत्तरीकै जलेश्वर–६ बखरी बस्तीका  ८४ वर्षीय महेश्वर रायको ठम्म्याइ छ। खासगरी मिथिलामा छठ पर्व नजिकिएसँगै सामाजिक, सांस्कृतिक र पारिवारिक परिवेश नै सङ्गीतमय र भक्तिमय बन्ने गरेको छ।

विधिको गणनाले कात्तिक शुक्ल तृतीयादेखि सप्तमीसम्म पाँच दिनको हुने यो पर्वमा क्रमशः अरबाअरबाइन, नहाय–खाय, खरना, सझुका अरख र भोरका अरख मुख्य विधि मानिन्छन्। तृतीयाका दिन बर्तालुले उसिना चामल, माछामासु, कोदो, लसुन–प्याज खान छाड्छन्। यसलाई ‘अरबाअरबाइन’ भनिन्छ। चौथीका दिन बर्तालुले हात गोडाका नङ काटेर स्नान गरेर व्रत सङ्कल्प गर्दै चोखो खान्छन्। यो विधिलाई ‘नहाय–खाय’ भनिन्छ। त्यसैगरी पञ्चमी तिथिमा राती एकछाक मात्र अलिनो खानेकुरा खाएर बर्तालुले ‘खरना’ विधि गर्दछन्। पर्वको मुख्य दिन षष्ठी तिथिमा निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा गई अस्ताउँदा सूर्यलाई अर्घ्य दिने ‘सझुका अरख’ सम्पन्न गरिन्छ। अन्तिम दिन सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अर्घ्य दिने ‘भोरका अरख’ विधि भएपछि  पर्व समापन गरिने परम्परा छ।

नेपाली समाजमा अझै निर्मूल हुन बाँकी जातीय छुवाछुत र उचनिचको भेदभाव पनि यो पर्वमा सबैका निम्ति समान छ। ‘छठ घाटमा फरक जाति समुदायका बर्तालु आआफ्ना पूजा र प्रसाद सामग्री फिजाएर बस्छन्, यो बेला को छुत को अछुत भन्ने कसैले वास्ता गर्दैनन्’, भङ्गाहा–३ का बासिन्दा समाजशास्त्री शिवराज दाहाल भन्छन्, ‘छठ पर्वमा देखिने यो अति नै सुन्दर पक्ष लाग्छ।’ दाहाल अगाडि भन्छन्, ‘अन्य बेला उचोनिचो भनेर नाक खुम्च्याउने पनि सप्तमीका दिन बिहान घाटमा पर्व सम्पन्न गरेपछि दलित समुदायका बर्तालुले कथित उपल्लो जाति समुदायका भनिने दर्शकलाई प्रसाद स्वरूप ठकुवा, भुसुवा दिने र पाउनेले खुशीसाथ ग्रहण गरेका देखिन्छ।’

षष्ठी तिथिका दिन साँझ ‘सझुका अरख’ दिनसँगै सप्तमीका दिन बिहान ‘भोरका अरख’ दिउञ्जेलसम्म बर्तालुले सूर्य र छठी देवीको महत्ता झल्कने गीत गाएर आआफ्ना मनोकाङ्क्षा पूरा गरी दिन पुकारा गर्छन्। उपासकको इच्छित माग पूर्ति गर्ने भगवान सूर्यको उपासनाले सन्तान सुख र रोगव्याधी नलाग्ने हिन्दू मैथिल जनविश्वास रहेको छ। केही वर्ष पहिलेसम्म मधेसी मूलका हिन्दूहरूले मात्र मनाउँदै आएका यो पर्व अब पर्वते मूलका हिन्दू र इस्लाम धर्मावलम्वीले मनाउन थालेपछि छठ पर्व साझा बनेको यस क्षेत्रका बुद्धिजिवीको भनाइ छ। इस्लाम धर्मावलम्वीले भाकल गरेर अर्घ्य र प्रसाद सामग्री सूर्यलाई देखाइ दिन बर्तालु हिन्दूलाई अराएका बाक्लै देखिन्छ। अब छठ पर्व मुलुकको राजधानीसहित विभिन्न भेगमा धुमधामसँग मनाउन थालिएसँगै राष्ट्रिय पर्व बनेको आम मैथिल गर्वसाथ बताउँछन्।

प्रकाशित: २०८० मङ्सिर १ गते शुक्रबार ०८:२४
प्रतिक्रिया

थप समाचार

हेटौँडामा तिहारलक्षित मेला, स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड

तिहार सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ। यही अवसरमा स्थानीय उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको हेटौँडामा तिहारलक्षित मेला आयोजना...

तिहारमा पैसाको व्यवस्थापन कसरी गर्ने? आम्दानी र खर्च सन्तुलित राख्ने ७ उपाय

विशेषगरी निश्चित आम्दानी भएका कर्मचारी, व्यवसायी, विद्यार्थी तथा गृहिणीले चाडपर्वको समयमा आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ।

तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन नेपाल विद्युत प्राधिकरणको विशेष तयारी

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ। उज्यालोको पर्व तिहारमा विद्युत...

जाइकाले सुरु गर्‍यो वीपी राजमार्गको पुनर्निर्माण

काभ्रेपलाञ्चोक: प्राकृतिक विपदबाट क्षतिग्रस्त वीपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनःनिर्माणको काम सुरु गरेको छ। सो खण्डसँगै...

२८ उजुरीमाथिको सुनुवाइपछि सर्वोच्चमा सिफारिस चारै न्यायाधीशको नाम स्वीकृत

काठमाडौँ: सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। सिंहदरबारमा शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना