काठमाडौं- विश्वकप क्रिकेटको फाइनल खेलमा अष्ट्रेलियाले भारतका ४ विकेट चड्काएको छ। अहमदावाद स्थित नरेन्द्र मोदी स्टेडियममा जारी फाइनल खेलको २८.३ ओभरमा अष्ट्रेलियाका पास कमिङ्गसले विराट कोहलीलाई आउट गराएका हुन्।
कोहलीको आउट भएसँगै भारतले चौथो विकेट गुमाएर १४८ रन बनाएको छ। कोहलीले ६३ बलमा ४ चौका सहित ५४ रन जोडेका थिए। यसअघि भारतका ओपनिङ ब्याट्सम्यान शुभमन गिल पाँचौ ओभरमा ४ रनमै आउट भएका थिए।
दशौं ओभरमा कप्तान रोहित शर्मा ४७ रनमा आउट हुँदा ११ औं ओभरमा कप्तान पास कमिङ्गसले भारतका श्रेयष अय्यर ४ रनमा आउट भएका थिए।


