काठमाडौं- एक दिवसीय विश्वकप क्रिकेटको फाइनलमा भारतले पाँचौ विकेट गुमाएको छ। गुजरातको अहमदावाद स्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियमा भइरहेको खेलमा अष्ट्रेलियाले ३५.५ ओभरमा भारतको पाँचौ विकेट गिराएको हो।
अष्ट्रेलियन वलर जोस हाजलउडले भारतका अलराउन्डर रविन्द्र जडेजालाई आउट गराएका हुन्। जडेजा २२ बल खेल्दै ९ रन बनाएर पवेलियन फर्किए। जडेजा आउट भएसँगै सूर्यकुमार यादव क्रिजमा आएका छन्।
३५.५ ओभरको खेल सकिँदा भारतले पाँच विकेटको क्षतिमा १७८ रन जोडेको छ। यसअघि खेलको २८.३ ओभरमा अष्ट्रेलियाका पास कमिङ्गसले विराट कोहलीलाई आउट गराएका थिए। कोहलीले ६३ बलमा ४ चौका सहित ५४ रन जोडेर आउट भएका थिए। भारतका ओपनिङ ब्याट्सम्यान शुभमन गिल पाँचौ ओभरमा ४ रनमै आउट भएका थिए।
दशौं ओभरमा कप्तान रोहित शर्मा ४७ रनमा आउट हुँदा ११ औं ओभरमा कप्तान पास कमिङ्गसले भारतका श्रेयष अय्यर ४ रनमा आउट भएका थिए।


