काठमाडौं– सत्तारुढ गठबन्धनले संघीयताको चुस्त कार्यान्वयनका लागि अधिकार सम्पन्न उच्चस्तरीय प्रशासनिक सुधार आयोग बनाउने पनि घोषणा गरेको छ।
बिहीबार सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्दै सञ्चार तथा सूचनाप्रविधिमन्त्री रेखा शर्माले संघीयता कार्यान्वयनका लागि आयोग बनाउने बताइन्। यस्तै साझा कार्यक्रममा सत्ता गठबन्धनले ६ महिनाभित्र प्रहरी समायोजन गर्ने उल्लेख छ।
सरकारले पूर्णता पाएको ६ महिनाभित्र नागरिकता ऐन ल्याउने र नागरिकता ऐनमा लैंगिक विभेद पनि अन्त्य गर्ने विषय पनि न्यूनतम साझा कार्यक्रममा राखिएको छ ।
यस्तो छ पूर्णपाठ


