काठमाडौं- विश्वकप क्रिकेटको फाइनलमा भारतले दिएको २४१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियालाई तेस्रो झट्का लागेको छ। ६ ओभरको अन्तिम बलमा स्टेभ स्मिथलाई जसप्रित बुमराहले आउट गराएका हुन्। स्थमिले ९ बल खेलेर ४ रन बनाए। यसअघि ४.३ ओभरमा बुमराहले मिचेल मार्सलाई आउट गराएका थिए। मार्स १५ बल खेलेर १५ रन बनाएर आउट भएका थिए।
यसअघि १.१ ओभरमा मोहम्मद सामीले अष्ट्रेलियाका ओपनर डेभिड वार्नरलाई आउट गराएका थिए। वार्नर ३ बलमा ७ रन बनाएर आउट भएका थिए। योसँगै अष्ट्रेलिया ३ विकेटको क्षतिमा ४७ रन बनाएर खेलिरहेको छ।


